काठमाडौं– चितवनमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ भने ८७ संक्रमित थपिएका छन्। कोरोना संक्रमणबाट शुक्रबार साँझ ७ बजे चितवनको राप्ती नगरपालिका–५ बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो।
भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालले शनिबार बिहान दिएको जानकारीअनुसार ५३३ नमुनामध्ये चितवनकै विभिन्न स्थानीय तहका ५८ पुरुष र २९ महिलामा कोरोना रहेको पुष्टि भएको हो। बाँकी रिपोर्ट नेगेटिभ आएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।