चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा वायुसेनाका लागि भारत सरकारले पाँचवटा राफेल लडाकू बिमान भित्र्याएर सेनालाई बुझाएको छ ।
फ्रान्समा बनेका शक्तिशाली वायुविमान भित्र्याएसँगै भारतले अझैं शक्ति बढाएको छ । चीनसँगको सीमा क्षेत्र लद्दाखमा सैन्य तनाब बढेसँगै भारतले ठूलो संख्यामा लडाकू बिमान, हातहतियार र सैनिक परिचालन गरेको हो।
गत जुन १५ मा यही क्षेत्रमा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । अम्बालास्थित हवाई अखडामा आयोजित समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतीय सीमा क्षेत्रमा तनाब भइरहेको अवस्थामा नयाँ लडाकू बिमानले भारतीय सेनाको मनोबल थप उच्च हुने बताएका छन्।
राफेल बिमान खरिद गर्ने सम्बन्धमा भारत र फ्रान्सबीच सन् २०१६ मा ८ अर्ब ७८ करोड डलरको एक सम्झौता भएको थियो । सम्झौता बमोजिम फ्रान्सले सन् २०२२ भित्रमा ३६ वटा राफेल बिमान हस्तान्तरण गर्नु पर्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।