बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भारतमा लियो कोरोनाले उग्ररुप, दैनिक एक लाखमा संक्रमण 

भारतमा लियो कोरोनाले उग्ररुप, दैनिक एक लाखमा संक्रमण 

  • मिडिया डबली
  • बिहिवार, भाद्र २५ २०७७

  • 7.3K
    SHARES

  • भारतमा लियो कोरोनाले उग्ररुप, दैनिक एक लाखमा संक्रमण 

    काठमाडौं– भारतमा कोरोना संक्रमणको ग्राफ तिव्र गतिमा बढिरहेको छ। बुधबार भारतमा कोरोना भाइरस संक्रमित संख्याले नयाँ बिन्दु कायम भएको छ।

    एकैदिन ९७ हजार बढी नयाँ संक्रमित थपिएपछि संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको हो। टाइम्स अफ इण्डियाले बुधबार भारतमा एकैदिन ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमित फेला परेको जनाएको छ।

    यो संख्या महामारी सुरू भएयता एकैदिन भेटिएको उच्च संख्या हो। भारतमा कुल संक्रमित संख्या ४४ लाख नाघेको छ भने पछिल्लो २४ घण्टामा ११ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण हुने मृत्यु ७५ हजार ६२ पुगेको छ।

    संक्रमणबाट सबैभन्दा धेरै नागरिक गुमाउने मुलुकमा भारत विश्वमा तेश्रो नम्बरमा पर्छ। पहिलो नम्बरमा अमेरिका छ भने दोश्रोमा ब्राजिल छ। यस्तै विश्वमा कोरोनाका कारण हालसम्म ९ लाख बढी मानिसको मृत्यु भइसकेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend