बलिउड- अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई छन् । रियामाथि सुशान्त सिंहलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको छ ।
यो प्रकरण ड्रग्ससँग जोडिएपछि लागूऔषधविरुद्धको सरकारी संस्था नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले रियालाई गिरफ्तार गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
एनसीबीले रियालाई धेरै दिनदेखि सोधपुछ गर्दै आएको थियो । पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ । उनलाई सुरुको दिन ६ घन्टा र दोस्रो दिन ८ घन्टासम्म सोधपुछ गरिएको थियो ।
ड्रग्स खरिद गरेको आरोपमा रियाका भाई शोविक चक्रवर्तीलाई पनि पक्राउ परेका थिए । रियाले आफूले सुशान्तका लागि यी सबै काम गरेको बयान दिएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।