बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

असोज ५ गतेसम्म कोरोनाका कारण थप २ सयले ज्यान गुमाउने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण, बज्यो खतराको घण्टी 

असोज ५ गतेसम्म कोरोनाका कारण थप २ सयले ज्यान गुमाउने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण, बज्यो खतराको घण्टी 

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 4.6K
    SHARES

  • असोज ५ गतेसम्म कोरोनाका कारण थप २ सयले ज्यान गुमाउने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण, बज्यो खतराको घण्टी 

    काठमाडौं– स्वास्थ्य मन्त्रालयले अबको एक हप्तामा नेपालमा कोेरोना संक्रमण पिकमा पुग्ने आकलन गरेको छ। मन्त्रालयले असोज ५ गतेसम्म थप २ सय मानिसको ज्यान जाने प्रक्षेपण समेत गरेको छ। लकडाउन नगरे मंसिरसम्ममा कुल संक्रमितको संख्या ३ लाख नाघ्ने आकलन मन्त्रालयको छ। संक्रमणको गति मध्यम रहे असोज ५ गते सक्रिय संक्रमितको संख्या ३९ हजार पुग्नेछ।

    अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ छ। अध्ययनले भदौ २९ गतेसम्म एक सय जना र त्यसपछिको एक साता अर्थात असोज ५ सम्म अर्को एक सयको मृत्यु हुनसक्ने आकलन पनि गरेको छ। हाल आईसीयू र भेन्टिलेटरमा रहेका गम्भीर बिरामीको आधारमा सो प्रक्षेपण गरिएको अध्ययनमा संलग्न मन्त्रालयका एक अधिकारीले बताए।

    लकडाउन खुलेलगत्तै केस समुदायमा फैलिएको, काठमाडौं उपत्यका, पर्सा, विराटनगर, चितवन, बुटवल लगायतका ठूला सहरमा समुदायमा संक्रमण फैलिसकेको कारण भदौ २९ गते सबैभन्दा बढी संक्रमित थपिएर ३९ हजार पुग्ने सम्भावना रहेको उनले जनाए।

    अहिले दैनिक एक हजारको हाराहारीमा संक्रमित थपिइरहेका छन्। हाल राजधानीसहित देशका ४४ जिल्लामा निषेधाज्ञा छ। 
    पछिल्ला दिनमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने क्रम बढेको छ। अहिले झण्डै ७० प्रतिशतले मास्क प्रयोग गरिरहेको र भीड नियन्त्रण हुन सके संक्रमण दर घटाउन सकिने देखिएको उनले जनाए।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend