बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भारतीय र इरानी रक्षामन्त्रीबीच अफगानिस्तानको शान्तिबारे छलफल

भारतीय र इरानी रक्षामन्त्रीबीच अफगानिस्तानको शान्तिबारे छलफल

  • एजेन्सी
  • सोमवार, भाद्र २२ २०७७

  • 6.0K
    SHARES

  • भारतीय र इरानी रक्षामन्त्रीबीच अफगानिस्तानको शान्तिबारे छलफल

    भारतीय रक्षामन्त्री राजनाथ सिंह र इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अमिर हतामीबीच भेटवार्ता भएको छ । उनीहरुबीच इरानको राजधानी तेहरानमा भेटवार्ता भएको आइतबार भारतीय रक्षामन्त्री सिंहले ट्वीटमार्फत जानकारी दिएका छन्  ।

    उनले सो भेटघाट निकै फलदायी रहेको बताउनुभएको छ । त्यस भेटका क्रममा क्षेत्रीय शान्तिका साथै अफगानिस्तानका विषयमा पनि कुराकानी भएको थियो । 

    मस्को पुगेका भारतीय रक्षामन्त्री सिंह त्यहाँबाट फर्किने क्रममा इरान गएका थिए । सोही क्रममा भारत र इरानबीचको द्धिपक्षीय प्रतिरक्षासम्बन्धी मुद्धामा छलफल भएको थियो । 

    सो कुराको जानकारी इरानी रक्षामन्त्रालयले जानकारी दिएको हो । उनीहरुबीच यस क्षेत्रको क्षेत्रीय शान्तिका विषयमा छलफल भएको छ । त्यसैगरी अफगानिस्तानको शान्ति तथा त्यहाँको स्थायित्वका बारेमा पनि उनीहरुबीचमा कुराकानी भएको थियो । 

    अफगानिस्तानमा शान्ति स्थापनाका लागि त्यहाँका तालिबान र सरकारबीच वार्ता हुने तयारी भएको छ । यसका लागि अफगानिस्तानबाट वार्ता टोली कतारको राजधानी दोहा जाने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend