भारतको उत्तर प्रदेशको कुशीनगरमा भगवान गौतम बुद्धले निर्वाण प्राप्त गरेको क्षेत्रमा छिट्टै नै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँने भएको छ ।
आइतबार त्यसक्षेत्रको भ्रमण गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यानाथले अबको २ महिनामै विमानस्थल सञ्चालनमा आउँने र राष्ट्रिय र अन्र्तराष्ट्रिय उडान सुरु हुने बताएका हुन् ।
नागरिक उड्यनमन्त्री हर्दिप सिंह पुरीले आइतबार ट्विटरमा मार्फत यस्तो जानकारी दिएका हुन् ।
उत्तर प्रदेशमा भगवान गाैतम बुद्धसँग सम्बन्धित ६ वटा ठाउँहरू रहेका छन् । तीमध्ये कुशीनगर एक प्रमुख हाे । यहाँ देशविदेशबाट पर्यटकहरू आउँने गर्छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।