काठमाडौं– चितवनमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट शनिबार राति प्राप्त भएको रिपोर्टमा चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमितहरू १० वर्ष देखि ६६ वर्षसम्मका छन्। १० वर्षका एक बालक र एक बालिकामा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू सबैको स्वाब भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको हो।
संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै २९ जना रहेका छन्। यस्तै पूर्वी चितवनको राप्ती नगरपालिका–२ का ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
नवलपरासी पूर्वको कावासोती नगरपालिकाका २ महिला र बुलिङटार गाउँपालिकाका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० का ३० वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।