आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारत–चीनबीच कूटनीतिबाट मात्रै सहमति हुनसक्छ :  विदेशमन्त्री जयशंकर

भारत–चीनबीच कूटनीतिबाट मात्रै सहमति हुनसक्छ :  विदेशमन्त्री जयशंकर

  • एजेन्सी
  • शुक्रवार, भाद्र १९ २०७७

  • 4.6K
    SHARES

  • भारत–चीनबीच कूटनीतिबाट मात्रै सहमति हुनसक्छ :  विदेशमन्त्री जयशंकर

    भारतीय विदेशमन्त्री एस जयशंकरले भारत–चीनबीचको तनाब कुटनीतिक माध्यमबाट समाधान हुनसक्ने बताएका छन् ।

    बिहीबार जयशंकरको ‘द इन्डिया वेः स्ट्राटेजिज् फर एन अनसर्टेन वर्ल्ड’ नामक पुस्तकको चर्चा कार्यक्रममा बोल्दै विदेशमन्त्री जयशंकरले यस्तो बताएका हुन् ।

    भारत र चीनबीचको सम्बन्ध गम्भीर मोडमा रहेको बताउँदै उनले सीमामा हुने जुनसुकै घटनाले पनि द्विपक्षीय सम्बन्धलाई प्रभावित पार्न सक्ने बताएका छन् ।

    चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीसँग लामो समयदेखि आफ्नो चिनाजानी रहेको बताउँदै उनले कुटनीतिक माध्यमबाट समस्याको सामाधान हुनसक्ने बताएका हुन् । 

    ‘यो परिस्थितिको समाधान कूटनीतिमै फेला पर्छ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु,’ जयशंकरले आफ्नो पुस्तक सार्वजनिक भएको उपलक्ष्मा अब्जरर्भर रिसर्च फाउन्डेसनले बिहीबार गरेको भर्चुअल कार्यक्रममा भने, ‘र, म पूर्ण जिम्मेवारीका साथ यो कुरा भनिरहेको छु।’ उनले उक्त किताबको अनलाईन चर्चा कार्यक्रममा भनेका छन् । 

    आगामी साता सांघाई कोअपरेसन अर्गनाइजेसनका विदेशमन्त्रीबीच मस्कोमा बैठक हुँदैछ। जुन १५ मा लद्दाखमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएपछि भारत र चीनबीच तिक्तता बढेको छ। अगस्ट अन्तिम र यो महिनाको सुरुमा सो क्षेत्रमा पुन तनाव बढेको छ। दुई मुलुकबीच सैन्य वार्ता जारी रहेपनि त्यसबाट समाधान निस्किन सकेको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend