बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पार्टी र सरकारका एकल प्रतिपक्ष गगन

पार्टी र सरकारका एकल प्रतिपक्ष गगन

  • प्रकाश तिरुवा
  • आइतवार, भाद्र ७ २०७७

  • 10.1K
    SHARES

  • पार्टी र सरकारका एकल प्रतिपक्ष गगन

    काठमाडौँ- मुलुक अहिले काेराेना महामारीको चपेटामा छ । सरकार महामारीसँगकाे सबै खालका लडाईका माेर्चामा असफल देखिएकाे छ ।

    स्वास्थ्य सामाग्रीको खरिदमा व्यापक अनियमितताका तमाम प्रसङ्ग बाहिरिरहेका छन् । विदेशमा अलपत्र नेपाली श्रमिककाे उद्दारमा समेत कमिसनको खेलमा सरकार लिप्त भएकाे समाचार छताछुल्ल छ ।

    तर विडम्बना प्रमुख प्रतिपक्षी दल सरकारकाे लाचार छायाँ जस्तो प्रतिरोधहिन देखिदा सरकारकाे सक्ष्म निगरानी र खबरदारी हुन सकेकाे छैन ।

    पार्टीकाे वर्तमान नेतृत्व भागबन्डा र महाधिवेशनलाई प्रभावित पार्ने गरी विभागहरूकाे धमाधम गठनमा लिप्त छ । जसका कारण कांग्रेस आन्तरिक रुपले केहि धर्मराएको देखिन्छ ।

    यि तमाम कुराका बिच काेराेना महामारीको नियन्त्रण र पार्टीकाे सुदृढीकरणका लागि काेहि बाेल्छ भने त्याे पात्र गगन थापा हुन् । यसर्थ याे भन्न सकिन्छ कि थापा पार्टी भित्र र पार्टी बाहिर सवल प्रतिपक्षीकाे भुमिकामा देखिएका छन्।

    गगन थापा समाजको आम तप्काका लागि सुनिने र प्रष्ट रुपमा देखिने प्रतिपक्ष हुन् । उनी सरकारकाे मात्र हाेइन माउ पार्टी कांग्रेसका पनि एक प्रतिपक्ष हुन् भन्दा फरक नपर्ला ।थापा संसद नभए पार्टीकाे भुमिका अझ खुम्चिन्थ्याे ।

    उनि जस्ता युवा वा उनकाे पुस्ताका युवाकाे उपस्थिति पार्टी केन्द्रीय समितिमा नभएको भए नेतृत्वको मनमर्जि अझै चल्थ्यो । याे आम जनमानसले महसुस गरेकाे विषय हाे । अहिलेको विषम परिस्थितिमा सरकारलाई हरेक खालका सकारात्मक सुझाव सल्लाह दिनेमा फन्टलाइनमा देखिन्छ थापा । काेराेनाकाे नियन्त्रणका लागि उनि एक जना संक्रमित भए देखि हाल भयावहकाे अवस्था पनि तमाम जानकार र चिकित्साको परामर्शमा छन् ।

    उनले भखरै केहि समय अगाडी सम्मानिय प्रधानमन्त्री ज्युलाई २० वटा बुँदाकाे एउटा महामारी नियन्त्रणकाे खाका पेस गरेका थिए । यसबाट नि प्रष्ट हुन्छ थापा जस्ता जनप्रतिनिधि आम जनमानसका लागि जरुरि छन् ।

    उनि सवल प्रतिपक्ष मात्र हाेइन सवल सहाेयाेगि नि सिद्ध भए याे कदमले । थापा आम जनताका आशाका केन्द हुन् अझ कांग्रेसका लागि हिरा हुन् ।

    कांग्रेसले आगामि दिनमा उनमा भएकाे मास कनभ्यान्सिङग पावर प्रयोग गर्न सकेमा सवल कांग्रेस बन्न युग कुर्नुपर्ने छैन तर कांग्रेसकाे वर्तमान नेतृत्व त्याे स्वीकार्न तयार छैन । अझ थापाका सम्बन्धमा राेचक प्रसंग त याे छकि उनी कुनै नेताकाे लिगेसीले नभई सडकले बनाएका नेता हुन् ।

    वि.स २०६२/००६३ काे जनआन्दोलनका उत्पादन थापा त्यस अघि नै विध्यार्थी राजनितीका एक चतुर खेलाडी हुन् । सम्भवत थापा नै हाेलान् २०६२/०६३ काे जनआन्दोलन यता समाजका मुद्धा बाेक्ने र साे मुद्धालाई जनता माझ संचार गर्न सक्ने क्षमता सायत विपि पछि गगनमा छ।

    उनको याे लाेकिप्रयतालाई कांग्रेस इतरका राजनितीक दलले पाएकाे भए उनकाे यहि लाेकप्रियतालाई आम सर्वसाधारणका बिच भजाएर पार्टीकाे सागलाई मजबुत बनाउथ्य हाेला तर बिडम्बना कांग्रेसमा त्यस्ताे सँस्कृति छैन । कांग्रेस विरासतमा र वरिष्ठतामा विश्वास गर्छ ।

    अझ कांग्रेस पद्धतिमा कम चाकरीमा बढि विश्वास गर्दछ । जुन गगनमा शुन्य प्राय छ । थापा न विरासतका उत्तराधिकारी हुन् नत उनिसँग कसैकाे आशिर्वाद छ । वर्तमान सन्दर्भमा माहामारीको नियन्त्रण, सरकार र पार्टीका गलत हर्कतका विरुद्ध काेहि बाेल्छ भने त्याे पात्र हुन् गगन थापा । उनमा हरेक खालका चुनाैतिकाे सामना गर्ने र त्यसको व्यवस्थापन गर्ने कला र सिप छ ।

    वर्तमान राजनीतिक वृत्तमा अर्थपूर्ण सहभागिता छ थापाकाे । थापा हेर समय आवश्यकताकाे आकलन र त्यसकाे समाधानमा खटेका हुन्छन् । उनि स्वयं पार्टी र प्रतिपक्षका वाज डगकाे भुमिकामा छन् ।

    अझ सरकारका वर्तमानमा कदमका विरुद्ध काेहि बाेल्ने साहस निकाल्न सक्छ भने त्याे पात्र थापा हुन् । थापामा तमाम युवाकाे सपना लुकेकाे छ , कांग्रेसको भविष्य लुकेकाे छ । कांग्रेसकाे पुनर्जीवन सम्भव छ भन्ने कुरामा आशादित पात्र थापा हुन र उनकाे पुस्ता हाे ।

    सिर्जनात्मक चेतना भएका तमाम विध्यार्थीका आइडल हुन्न गगन थापा । गदाेकाे प्रतिक्षा जस्ताे नाटक मञ्चनमा माउ पार्टी रुमलिदा कांग्रेस जनमा र सम्पुर्ण जनसमुदायमा सुचना संचार गर्ने अनि कांग्रेस सुत्यकाे छैन जागेकाे छ भनेर सन्देश दिने सन्देशका बाघचाल हुन् थापा ।

    माउ पार्टीमा जुगाँकाे लडाईले गर्दा उनले आफ्नो क्षमता प्रदर्शन गर्न पाएका छैनन् । यदि मात्र हाेइन उनकाे पुस्ता नै दमनमा छ जसले आफ्नो सिर्जनात्मक समय काटेर वस्नु परेकाे छ ।

    गुट र उप-गुटका नाममा एउटा आशालाई तिलान्जली थिएकाे भान हुन्छ उनकाे पुस्तालाई ।सवल र बलियाे कांग्रेसका लागि वर्तमानमा नेतृत्वमा रहेकाे पुस्ताले अभिभावकको भुमिका निर्वाह गरेर युवाकाे नेतृत्वकाे मार्ग प्रशस्त गरेको खण्डमा गगन चरित्रकाे सवल परिक्षण र समृद्धिको सपना साकार गर्न सकिन्छ कि ? राजनीतिक वृत्तमा अहिले एउटा विषय हरेक तप्का र तहमा वा आम जनमानसले महसुस गरेकाे विषय हाे ।

    जनताले सरकारबाट स्याउकाे दाना खाेजेका हुन् तर सरकार स्याउकाे चित्र देखाउनमा नै मस्त छ । यस्ताे सरकार हुदाँनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निरिह देखिन्छ ।

    जहाँ बाेल्नु पर्ने हाे त्यहाँ बाेल्दै बाेल्छन् त केवल गगन थापा । यसबाट भन्न सकिन्छ थापा पार्टी र सरकारका एकल प्रतिपक्ष हुन् । उनकाे जन्म नै यसैका लागि भएकाे हाे ।

    अनि याे कुरा सधैं अनुत्तरित छ , दलहरुले पार्टीभित्र बाेलिहिन बनाउने अनि बाहिर युवाका शक्ति कसरी उठेर मद्दत गर्न सक्छन् ?

    प्रकाश तिरुवा

    लेखक नेपाल विद्यार्थी संघका नेता हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend