भारतीय परराष्ट्र मन्त्रालयले शान्तिका अग्रदुत गौतम वुद्धको जन्म नेपालको लुम्बिनीमा भएकोमा कुनै शंका नभएको स्पष्ट पारेको छ ।
हिजो अर्थात शनिबार भारतिय उद्योग परिसंघमा भारतीय परराष्ट्रमन्त्री एस. जयशंकरले गरेको टिप्पणी गौतम वुद्धको साझा विरासतमा आधारित रहेको भारतीय परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले गाैतम वुद्धकाे जन्म नेपालकै लुम्बिनीमा भएकाेमा कुनै शंका नभएकाे उल्लेख गरेका हुन् र
नेपाली मिडियाहरुमा गौतम वुद्ध भारतमा जन्मेको टिप्पणी भन्दै ठूलो हंगामा भएपछि भारतीय परराष्ट्रमन्त्रालयले आइतबार गौतम वुद्ध नेपालमै जन्मिएको र साझा आस्थाका रुपमा परराष्ट्र मन्त्रीले उक्त सम्मानजनक टिप्पणी गरेको स्पष्ट पारेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।