हिजो भारतको भुभाग जम्मु, कश्मिर र गुजरातको जुनागढलाई समेटेर पाकिस्तानले नयाँ नक्सा जारी गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार ‘आजको दिन पाकिस्तानको इतिहासकै महत्वपूर्ण दिन भन्दै उक्त नक्सा सार्वजनिक गरेका थिए ।
भारतले पाकिस्तानको यो कदमको घोर विरोध गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘यो एक अवैधानिक र अन्तर्राष्ट्रिय मान्यता विपरित पाकिस्तानले चालेको कदम निन्दनीय छ, यसले भारतको केन्द्रिय प्रशासित भूमीलाई दाबी गरेको छ ।’
यसले पाकिस्तानको क्षेत्रिय आतंकवादको जुनुनलाई स्पष्ट पार्छ उनले भनेका छन् । पाकिस्तानले पछिल्लो समय चीनको उक्साहटमा लागेर जम्मु र कश्मिरका विभिन्न भूभागमा आफ्नो विस्तार गर्न खोजेको भारतीय दावी छ ।
चीनले आफ्नो स्वार्थका लागि पछिल्लो समय पाकिस्तानलाई भारतविरुद्ध खडा गर्न खोजिरहेको छ । चीनले आफ्नो बेल्ट र रोड योजनालाई सफल पार्नका लागिसमेत पाकिस्तानलाई भारतीय सीमा क्षेत्रमा बल्झाएर भुराजनीतिक द्धन्द्ध फैलाउने योजना बुनिरहेको छ ।
केही विश्लेषकहरुले चीनकै योजना अनुसार पाकिस्तानले यस्तो हिम्मत गर्न सकेको हुने सक्ने उल्लेख गरेका छन् । लद्दाख घटनापछि चीनले पाकिस्तानलाई झनै उग्र रुपमा भारतविरुद्ध प्रयोग गर्न खाजिरहेको कुटनीतिज्ञहरु बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।