बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेस खेलकुद विभागले नेताहरूको नाममा प्रतियोगिता गर्ने

कांग्रेस खेलकुद विभागले नेताहरूको नाममा प्रतियोगिता गर्ने

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 7.5K
    SHARES

  • कांग्रेस खेलकुद विभागले नेताहरूको नाममा प्रतियोगिता गर्ने

    काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले ताहरूको नाममा प्रतियोगिता गर्ने भएको छ । विभागले नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा हरेक वर्ष राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रयोगिता संचालन गर्ने निर्णय गरेको हो ।


    यस्तै खेलकुद क्षेत्रको बृहत्तर विकासलाई ध्यानमा राखेर गत १३औं साग खेलका स्वर्ण पदक विजेताहरूलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । मंगलबार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सागगेमका पदक विजेतालाई यथाशीघ्र कार्यक्रम गरी नगदसहित सम्मान गर्ने निर्णय गरिएकाे हाे ।

    ‘टोकियो ओलम्पिक २०२१ मा नेपालको तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकहरूको कोरोना बीमा गरिदिने यो बैठकले निर्णय गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यसको अतिरिक्त २०२१ को ओलम्पिक खेलको तयारी र सहभागिता सम्बन्धमा तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूको खेल सहभागिताका लागि गरिने तयारी कोरोनाको सुरक्षा र सावधानी अप्नाउँदै प्रशिक्षण संचालन गर्न सरकारसँग माग गर्ने निर्णय गर्दछ ।’ संयोजक मोहनबहादुर बस्नेतले भने ।

    ‘नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा हरेक वर्ष राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रयोगिता संचालन गर्ने निर्णय गर्दछ’, विभागका सचिव मीनकृष्ण महर्जनले भनेका छन् ।

    ‘नेपाल लोकतान्त्रिक खेलकुद संघले केन्द्रीय कार्यसमितिमा पारित गर्न पेश गरेको विधानलाई आवश्यक कारबाहीका लागि अनुरोध गर्ने निर्णय गरियो’, विज्ञप्तिमा उल्लेख छ ।

    ‘नेपाली कांग्रेससँग आवद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थाहरूलाई कोरोना भाइरस र प्राकृतिक विपत्तीबाट नेपाली दिदी बहिनी, दाजु भाईहरुलाई जोगाउन सहयोग पुग्ने कार्यहरू गर्ने गराउन परिचालन गर्ने निर्णय गरियो’, विभागले भनेको छ ।

    ‘खेल क्षेत्रमा नयाँ प्रतिभाहरु जन्माउन र भएकाहरुलाई क्रियाशील गराउन विभिन्न विधाका खेलहरूका प्रशिक्षकहरूको व्यवस्था गरी क्रमशः वडा तहसम्म खेलकुद गतिविधि संचालन गर्ने वातावरण मिलाई दिने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ ।

    ‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली जनता र राष्ट्रको पक्षमा रगत र पसिना बगाएर निम्न लिखित प्रजातन्त्रवादी स्वर्गीय नेताहरूको सम्मानमा राष्ट्रियस्तरीय, प्रादेशिकस्तरीय र स्थानीयस्तरीयमा विभिन्न विधाका हरेक वर्ष खेलकुद प्रतियोगिताहरू संचालन गर्ने निर्णय गरिएको छ’, विभागले भनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend