आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

देउवालाई भेट्न नेम्वाङ पुगे बुढानिलकण्ठ, के पाक्दैछ खिचडी ?

देउवालाई भेट्न नेम्वाङ पुगे बुढानिलकण्ठ, के पाक्दैछ खिचडी ?

  • मिडिया डबली
  • आइतवार, आषाढ २१ २०७७

  • 18.9K
    SHARES

  • देउवालाई भेट्न नेम्वाङ पुगे बुढानिलकण्ठ, के पाक्दैछ खिचडी ?

    काठमााडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बुढानिलकण्ठ पुगेका छन् । सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

    सभापति देउवा र नेम्वाङबीच करिब डेढ घण्टा कुरा भएको बताइएको छ । नेम्वाङ
    प्रधानमन्त्री ओलीको सन्देश लिएर देउवालाई भेट्न पुगेका हुन् । ओलीको सन्देश बाहेक समसामयिक विषयमा पनि कुराकानी भएको बताइएको छ ।

    पार्टी फुट हुनसक्ने भन्दै शनिबार बेलुका मन्त्रीहरुलाई आआफ्नो कित्ता प्रष्ट पार्न निर्देशन दिएका ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेससँगको भेटघाट र छलफललाई तीव्रता दिएका छन्। नेकपाभित्रै प्रधानमन्त्री ओलीको राजीनामाको माग उठिरहेका बेला ओलीका विशेष दूत बनेर नेम्वाङ सक्रिय भएका हुन्।


    पार्टीभित्र उनको राजीनामा माग भएपछि त्यसबाट जोगिन ओली पार्टी फुटाउने योजनामा रहेका देखिन्छन्। यति नै बेला प्रधानमन्त्रीका निकटस्थ नेम्वाङ र देउवाबीचको भेटघाट तथा छलफललाई चासोपुर्वक हेरिएको छ । यसबाहेक प्रधानमन्त्री ओली कांग्रेससँग मिल्ने खोज्ने संकेतका समते बाहिरिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend