काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भारतले प्रधानमन्त्री बनाएको हो वा नेपालको संसदले भनेर प्रश्न उठाएका छन् ।
कांग्रेस नेता खतिवडाले सोमबार ट्वीट गर्दै ओलीलाई नेकपाको सांसद पनि भारतले जिताएको हो र रु भनेर गम्भीर प्रश्न गरेका हुन् । उनले ओलीलाई देशको बेइज्जत हुने गरेर अभिव्यक्ति नदिन र गतिविधि नगर्न चेतावनी दिएका छन् । ओलीको अभिव्यक्तिले उनलाई भारतले सांसद र प्रधानमन्त्री बनाएको पुष्टि हुने आधार दिएको व्याङ्ग्य खतिवडाको छ ।
ओलीले आइतबार एउटा कार्यक्रममा आफूलाई भारतले प्रधानमन्त्री पदबाट हटाउन खोजेको र होटेलहरूमा षड्यन्त्र भएको बताएका थिए । ओलीले आफ्नै दलका नेताहरू पनि भारतको पछाडि लागेर आफूलाई हटाउन लागेको आरोप लगाएका थिए ।
‘के नेकपाका माननीय भारतले जिताएको हो र रु’, कांग्रेसका युवा नेता खतिवडाले प्रश्न गर्दै भने, ‘भारतले प्रधानमन्त्री हटाउने रु हाम्रा प्रधानमन्त्री किन विवेक गुमाउँदै छन् ?’
‘प्रधानमन्त्री बनाउने हटाउने कुरा नेपालको संसदको हो कि रु भारतको हो ? हिजो भारतले मलाई प्रधानमन्त्री बनाएको हो भन्नु भएको हो ओलीजी ?’, खतिवडाले ओलीको राष्ट्रियतामाथि प्रश्न उठाउँदै भनेका छन्, ‘नत्र यस्ता अभिव्यक्ति बन्द गर्नुस् । देशको बेइज्जत भयो । प्रधानमन्त्री नेपाल को हो । भारतको होइन ।’
‘नेकपाको स्थायी समितिको बैठक जारी छ’, उनले भने, ‘केही नेताहरूले प्रधानमन्त्रीले जनमतको आधारमा सरकार सञ्चालन नगरेको, भ्रष्टाचार बढेको, कोरोना रोकथाममा पहल कमजोर भएको, पार्टीको कुरा नमानेको, ओम्नी र यतीको कुरा उठाएका छन्’, उनले भने, ‘अनि प्रधानमन्त्री ओलीले मलाई हटाउन विदेशी लागे भन्नु भएछ । ती विदेशी नेता प्रधानमन्त्रीले चिन्नु भए छ ।’
ओलीको कुर्सी कमजोर हुँदै गएपछि भारतसँगको सिमाना विवाद र विदेशी बुहारीको नागरिकता जस्ता विषय जर्बजस्त रुपमा अगाडि बढाएका थिए । उनको त्यो अभियानमा कांग्रेससहितका दलहरूले साथ दिए ।
त्यसले गर्दा उनको कुर्सीको आयु लम्बिएको थियो । भारतलाई दोष लगाउँदैमा अब ओलीको कुर्सी हल्लिदैन भन्न सकिदैन । उनको यो आरोपमा कुनै दम छैन ।
तर, आफ्नै दल नेकपाको स्थायी समिति बैठकमा ओलीको कुर्सीमाथि धावा शुरु भएपछि सोमबार अचानक भारतलाई देखाएर कुर्सी र सत्ता बचाउन अस्त्र फ्याकेका छन् ।
ओलीले आफ्नो सरकारको आलोचना गर्ने र राजीनामा गर्न दवाव दिनेहरूलाई भारतसँग जोडेर आपत्तिजनक कुरा भनेका छन् । उनको यो आरोप र भनाइको जोडदार रुपमा विरोध भइरहेको छ ।
संविधानअनुसार ओलीलाई अहिले विपक्षी दलहरूले प्रधानमन्त्री पदबाट हटाउन सक्दैनन् । ओलीलाई हटाउने भनेको उनकै दल नेकपाले मात्रै हो । ओलीको आरोपअनुसार नेकपाका नेताहरू भारतसँग मिलेको हुनुपर्छ वा भारतका एजेन्ट हुनुपर्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।