शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

दलित संघ खोटाङका अध्यक्ष एवम् कांग्रेस नेता बिकको निधन, पौडेलद्वारा शोक वक्तव्य

दलित संघ खोटाङका अध्यक्ष एवम् कांग्रेस नेता बिकको निधन, पौडेलद्वारा शोक वक्तव्य

  • मिडिया डबली
  • शनिवार, आषाढ ६ २०७७

  • 7.1K
    SHARES

  • दलित संघ खोटाङका अध्यक्ष एवम् कांग्रेस नेता बिकको निधन, पौडेलद्वारा  शोक वक्तव्य

     काठमाडौं - नेपाली कांग्रेसका नेता एवम् नेपाल दलित संघ खोटाङका जिल्ला अध्यक्ष हीराबहादुर बिकको निधन भएको छ ।

    ५६ वर्षीय बिकको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ४ स्थित आफ्नै निवासमा शुक्रबार निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा शनिबार जारी शोक वक्तव्यमा उल्लेख छ ।

    नेपाली कांग्रेस खोटाङका पूर्व जिल्ला सदस्य समेत रहेका स्व.बिकले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको वक्तव्यमा उल्लेख छ ।

    बिकको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको भन्दै कांग्रेसले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । कांग्रेसले स्व.बिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend