चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई चितवनमा आफ्नै (नेकपाकै) कार्यकर्ताहरुले लखेटेका छन् ।
चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले ओलीविरुद्ध अनैतिक शब्द प्रयोग गरेको भन्दै लखेटेका हुन् ।
राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा पूर्वमन्त्री पाण्डेले विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिएको थियो ।
तर, उनले विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै कार्यकर्ताहरुले लखेटको बताइएको छ ।
कार्यक्रममा नेता पाण्डेले विकास आयोजनाको कुनै प्रसंग नै नचलाई गुट–उपगुटको चर्चासहित प्रधानमन्त्रीलाई गाली बेइजत गरेका कार्यकर्ताको आरोप छ । नेता पाण्डे चितवन विकासको लागि नभई जनता तथा कार्यकर्तालाई भड्काउन आएको समेत एक कार्यकर्ताले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।