शुक्रवार, भाद्र २६ २०८३Sep 11 2026

Logo
images images

भोटेकोशी बाढीमा १,११४ शव भेटिए, ९५ को मात्रै पहिचान : प्रधानमन्त्री

भोटेकोशी बाढीमा १,११४ शव भेटिए, ९५ को मात्रै पहिचान : प्रधानमन्त्री

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०८३

  • 453
    SHARES

  • भोटेकोशी बाढीमा १,११४ शव भेटिए, ९५ को मात्रै पहिचान : प्रधानमन्त्री

    काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म १ हजार १ सय १४ वटा शव भेटिएको जानकारी दिएका छन्।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले बाढीपछि खोजी तथा उद्धारका क्रममा हालसम्म १ हजार १ सय १४ शव भेटिएको बताएका हुन्। तीमध्ये ९५ वटा शवको मात्र पहिचान गरी परिवारको जिम्मा लगाइएको उनले जानकारी दिए।

    प्रधानमन्त्री शाहका अनुसार रसुवाको टिमुरे र स्याफ्रुबेँसी, नुवाकोटको त्रिशूली, बेत्रावती, त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो संख्यामा शव भेटिएका छन्।

    त्यस्तै, धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा पनि बाढीपछि धेरै शव भेटिएको उनले बताए।

    बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाउँदै प्रधानमन्त्री शाहले भेटिएका शवको पहिचान तथा परिवारसम्म पुर्‍याउने कामलाई समेत प्राथमिकताका साथ अघि बढाइएको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २४ २०८३०१:२१:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend