आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बाढी-पहिरोको वितण्डा: मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म यातायात प्रभावित

बाढी-पहिरोको वितण्डा: मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म यातायात प्रभावित

  • मिडिया डबली
  • बिहिवार, भाद्र ४ २०८३

  • 300
    SHARES

  • बाढी-पहिरोको वितण्डा: मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म यातायात प्रभावित
    फाइल तस्बिर

    काठमाडौँ - अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले बिहीबार ४ गते बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

    कोशी प्रदेशमा भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । इलाम नगरपालिका-९ राजदुवालीमा मेची राजमार्ग पनि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

    बागमती प्रदेशमा खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी सडकखण्डमा राति ६ देखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी सञ्चालनमा रोक लगाइएको छ। बीपी राजमार्गमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको कान्तिलोकपथमा बाढी तथा पहिरोको सम्भावना रहेको जनाइएको छ। सिन्धुपाल्चोकको कोदारी र लिपिङ तथा रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । नुवाकोटको टोखा-छहरे सडकखण्डमा समेत राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।

    गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेँसीसहर-मनाङ सडकखण्ड तथा मुस्ताङका बेनी-जोमसोम र जोमसोम-कोरला सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ ।

    केही सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि दुईतर्फी सञ्चालन हुन समय लाग्ने प्रहरीले जनाएको छ । कर्णाली प्रदेशको रुकुम पश्चिममा रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट-डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । प्रहरीले वर्षाका कारण सडकमा थप जोखिम हुन सक्ने भन्दै यात्रुले सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २१ २०७८११:१७:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend