काठमाडौं - नेपाल प्रहरीले ‘अप्रिल फूल’ डे मनाएको छ । सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीले कोही कसैविरूद्ध उजुरी वा निवेदन परेको/नपरेको जानकारी लिन सकिने भनेर एउटा पोष्ट गरेको छ ।
उक्त स्क्यान कोडलाई स्क्यान गरेपछि ‘अप्रिल फूल’ भनिएको अर्को पाना खुल्छ । ‘तपाईंले स्क्यान गर्नुभएको क्युआर कोड सचेतना अभियानका लागि हो।
आज हामीले मजाक गरेका थियौं। तर भोलि यस्तै क्युआरबाट तपाईं स्क्याममा पर्न सक्नुहुन्छ,’ प्रहरीले भनेको छ । प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्युआर कोड स्क्यान नगर्न भनिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।