पर्सा- प्रहरीले वीरगञ्ज महानगरपालिका ६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेर २२ किलो ५६७ ग्राम सुन बरामद गरेको छ ।
सुन बरामद भएको घर भन्सार कार्यालयका एजेन्टको हो । उनी भारतीय नागरिक हुन् ।
सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो ।
शनिबार दिँउसो प्रहरीले छापा मारेसँगै सुन बरामद गरेको थियो । प्रहरीले घटनाबारे थप प्रकृया अघि चालको छ ।
यसबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गरिने भएको पर्सा प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।