आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बुटबलका डिएसपीलाई भयो यति ठूलो कारबाही, के हो कारण?

बुटबलका डिएसपीलाई भयो यति ठूलो कारबाही, के हो कारण?

  • मिडिया डबली
  • बिहिवार, जेठ १ २०७७

  • 7.6K
    SHARES

  • बुटबलका डिएसपीलाई भयो यति ठूलो कारबाही, के हो कारण?

    काठमाडौं–इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) भीमलाल भट्टराई बुटवलमा रहेर समन्वय नगरेको आदेश पालना नगरेको भन्दै प्रदेश प्रहरी कार्यालय दाङमा तानिएका छन्।

    इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख रहेका भट्टराईलाई बुधबार नै दाङ तानिएको हो। उनी बुधबार बिहान ११ बजे बुटवलबाट दाङ गइसकेका छन्।

    प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार भट्टराईलाई प्रदेश प्रहरी कार्यालयमा काजमा तानिएको हो। उनिमाथि अनुशासन र आदेश पालना नगरेको, समन्वय नगरेको, आफूमातहतका कार्यालय र सुरक्षाकर्मीलाई परिचालन गर्न नसकेको भन्दै कारबाही स्वरूप प्रदेश कार्यालय तानिएको स्रोतले जानकारी दिएको छ।

    उनलाई कुन घटनाका आधारमा दाङ तानिएको हो भन्नेबारे नखुलाइए पनि त्यहाँ थप अनुसन्धान हुने बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ५ २०७९०१:४०:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend