काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै छन्।
नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली बुटवल जान लागेका हुन्।
प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओलीले आज दिउँसो साढे १ बजे सभालाई सम्बोधन कार्यक्रम रहेको जनाएको छ।
बुटवल मण्डपमा आयोजना गरिने उक्त आसभामा ५० हजार भन्दा बढी सहभागिता गराउने गरी तयारी भएको एमाले रुपन्देहीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।