काठमाण्डाै । शेयर बजार लगातार सातौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव १३ अङ्कले बढेर २ हजार ७ सय ६५ दशमलव ८८ विन्दुमा पुगेको छ । गएको फागुन ४ गतेयता शेयर बजार बढिरहेको छ ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर झन्डै ३ प्रतिशतले उकालो लागेको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने झन्डै ९ प्रतिशतले घटेको छ ।
आज बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ११ अर्ब ८ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका १ करोड ७८ लाख कित्ता शेयर ९ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।