आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बढ्यो शेयर बजार,तीन वटा कम्पनीको शेयरमा सकारात्मक 'सर्किट'

बढ्यो शेयर बजार,तीन वटा कम्पनीको शेयरमा सकारात्मक 'सर्किट'

  • मिडिया डबली डेक्स
  • आइतवार, पौष २१ २०८१

  • 747
    SHARES

  • बढ्यो शेयर बजार,तीन वटा कम्पनीको शेयरमा सकारात्मक 'सर्किट'

    काठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ विन्दुमा पुगेको छ ।

    आज बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा जलविद्युत्, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत् र ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन नारायणी विकास बैंकको शेयर भने झन्डै नौ प्रतिशतले घटेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार चार अर्ब ६० करोडको शेयर कारोबार भएकोमा आज तीन सय २७ वटा कम्पनीका ९३ लाख ८६ हजार कित्ता शेयर चार अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको १९ करोड रुपैयाँको शेयर कारोबार भयो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २८ २०८१०३:५३:३४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend