काठमाडौँ- भारतमा निर्वाचनको नतिजा आउन एक दिनअघि शेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार कारोबारको शुरूआतमै सेन्सेक्स २ हजार अंकले बढेर ७६ हजार ७३८ पुगेको हो ।
यो सेन्सेक्सको अहिलेसम्मकै उच्च स्तर हो । योसँगै निफ्टी पनि २३ हजार ३३८ को सर्वकालीन उच्चमा पुगेको छ । यो धितोपत्र बजारमा पछिल्लो २ वर्षयताकै उच्च एकै दिन वृद्धि हो ।
यसअघि सन् २०२२ को अगस्ट ३० मा सेन्सेक्सले १५०० अंकभन्दा बढी वृद्धि गरेको थियो । आज अदानी समूहका सबै १० वटा शेयरको मूल्य बढेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अदानी पावरको शेयर सबैभन्दा बढी १६ प्रतिशतले बढेको हो । ३१ मे शुक्रबार पनि अदानी समूहका सबै शेयरको मूल्य बढेको थियो । जुन १ मा भएको लोकसभा चुनावको एक्जिट पोलपछि सोमबार पहिलो पटक बजार खुलेको थियो ।
एक्जिट पोलको प्रक्षेपणले बलियो सरकार बन्ने प्रक्षेपणले बजारमा सकारात्मक भावना बढाएको विश्वास गरिएको छ । यसअघि गत साताको अन्तिम कारोबार दिन अर्थात जेठ ३१ गते पनि सेयर बजारमा उछाल आएको थियो । सेन्सेक्स ७५ अंकले बढेर ७३ हजार ९६१ मा पुगेर बन्द भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।