काठमाण्डाै । शेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव शून्य आठ अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन आइतवार पनि शेयर बजार २१ अङ्कले घटेको थियो ।
आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, वित्त, होटल, जलविद्युत्, बीमा, उत्पादन, लघुवित्त, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सपोर्ट लघुवित्त, जानकी फाइनान्स, पोखरा फाइनान्स र नारायणी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नदीप लघुवित्त र उपकार लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै चार प्रतिशतले बढेको छ ।
आज कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन पाँच अर्ब ४७ करोडको शेयर कारोबार भएकोमा आज तीन सय आठ वटा कम्पनीका एक करोड ३१ लाख कित्ता शेयर पाँच अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।