आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

शिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई सहज सुविधा दिने गरी तयारी तीव्र

शिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई सहज सुविधा दिने गरी तयारी तीव्र

  • मिडिया डबली डेक्स
  • शुक्रवार, फाल्गुण ९ २०८१

  • 726
    SHARES

  • शिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई सहज सुविधा दिने गरी तयारी तीव्र

    काठमाण्डाै । शिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई सहज सुविधा दिने गरी तयारी तीव्र पारिएको छ । मूल समारोह समिति र उपसमितिले तयारीलाई तीव्रता दिइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा साधुसन्तको आगमन शुरू भइसकेको छ । पशुपति क्षेत्रमा आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमलगायतले आवास, भोजन एवम् धुनी ताप्ने व्यवस्था शुरू गरिसकेका छन् । यस वर्ष भारतको प्रयागमा चलिरहको महाकुम्भ मेला दर्शन गरेर शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि धेरै भक्तजन आउने अनुमानसमेत गरिएको कोषले जनाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शिवरात्री भव्य रूपमा सम्पन्न गर्नेगरी व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । पशुपति क्षेत्रमा शिवरात्रिको पूर्वतयारी अवस्थाबारेमा बिहान अवलोकनपछि उहाँले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि सुविधा दिन तीव्रताका साथ काम भइरहेको जानकारी दिनुभयो ।

    कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले शिवरात्रिको तयारीका लागि सरकारी निकायसँगै विभिन्न सामाजिक सङ्घ–संस्था र व्यक्तिको पनि सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । मन्त्री पाण्डेले पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, घाट क्षेत्र, राममन्दिर, मृगस्थली, विश्वरूपलगायतका ठाउँमा भइरहेको तयारीका कामको अवलोकन गर्नुभएको थियो ।

    शिवरात्रिको तयारीका लागि मन्त्री पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गत ९ वटा विषयगत उपसमिति गठन गरेर शिवरात्रिको तयारी भइरहेको सदस्य सचिव डा. मिलनकुमार थापाले बताउनुभयो ।

    शिवरात्रि सकिएपछि कोष र संस्थानले साधुसन्तलाई दक्षिणासहित बिदाइ गर्ने परम्परा छ । शिवरात्रीको दिन पशुपतिनाथमा मेला लाग्ने गर्छ । फागुन १४ गते शिवरात्री मनाइँदैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २५ २०८३१०:४३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend