आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न नहुने कुरा कुतर्क हो : संयोजक थापा

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न नहुने कुरा कुतर्क हो : संयोजक थापा

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १५ २०७७

  • 4.2K
    SHARES

  • पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न नहुने कुरा कुतर्क हो : संयोजक थापा

    काठमाडौं – पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं पशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्न नहुने कुरा कुतर्क भएको बताएका छन् ।

    ‘मान्छेलाई भ्रम परेको छ, यो प्राणप्रतिष्ठा हो भनेर । जब मन्दिर भत्किएर नयाँ बनाइन्छ वा जीर्णोद्धार गरिन्छ वा नयाँ मूर्ति राखिन्छ अनि प्राणप्रतिष्ठा गरिन्छ तर यो भगवान्को आजको शृंगार भोलि उतारेजस्तै एउटा जलहरीको ठाउँमा अर्को राखिएको हो,’ सञ्चारकर्मीको जिज्ञासामा शनिवार उनले भने, ‘वर्षमा ४ वटा नवरात्र हुन्छन्ः चैत्र नवरात्र, शारदीय नवरात्र, माघ र असार शुक्लमा पर्ने गुप्त नवरात्र । अहिले माघ शुक्ल पक्ष हो, यसमा काम्यकर्मलाई वर्जित हुन्छ, नित्यकर्ममा वर्जित छैन ।’

    जलहरी भगवान्लाई चढाइएको गहना भएकाले यसमा प्राणप्रतिष्ठा गर्नुपर्ने जरुरी नभएकाले बेकारको तर्क गर्नु नपर्ने डा. थापाको तर्क छ ।

    उनका अनुसार पशुपतिनाथमा गत वर्षदेखि नै महारुद्री गर्ने भनेर तयार गरिएको थियो । गत वर्षको चैत्र नवरात्रमा गर्ने भनिए पनि कोभिडका कारण स्थगित भएकाले गर्न सकिएको थिएन । असार शुक्ल पक्षमा मूलभट्टले नै यसका लागि संकल्प गरेका थिए । यो नवरात्र सतचण्डी पनि गर्नका लागि रोजिएको कोषाध्यक्ष थापाले बताए ।

    उनका अनुसार भारतका वनारस र काशीका मन्दिरहरूमा पनि सुनकै जलहरी राखिएको छ । ‘विश्वनाथ मन्दिरमा त खम्बा नै सुनको छ, त्यहाँ पनि भगवान्को पीठिका (जलहरी), मुकुट र पाउ पनि पूरै सुनैसुनको छ । भारतका तिरुपती र सोमनाथ मन्दिरमा त हीराकै मुकुट छ भने गुहावटीस्थित कामाख्या मन्दिरमा गजुर नै सुनैसुनको छ,’ उनले भने, ‘नेपालमा त्यसमा पनि पशुपतिनाथ मन्दिरमा किन नहुने ? पुरातत्व विभागले मापदण्डविपरीत वा बिग्रिने गरी राखेको भए रोकिसक्थ्यो त्यो पनि छैन ।’

    रणबहादुर शाहले तामाको जलहरी राखेकोमा श्री ५ महेन्द्रले चाँदीको फेर्न हुन्छ भने चाँदीको ठाउँमा सुनको राख्न नहुने कसरी हुन्छ भनी उनले प्रश्न गरे । जतिसक्यो राम्रो मन्दिर, मूर्ति बनाउने र सजाउने कुरा जताततैका मठमन्दिरका उदाहरण सबैसामु छर्लंग भएको उनले जानकारी दिए ।

    पशुपतिनाथको मन्दिरमा सुपुष्पदेव नामका राजाले सुवर्ण (सुन) को छानो बनाएर चढाएको कुरा अभिलेख र वंशावलीहरुमा नै उल्लेख रहेको उनले बताए । ‘चढाउनै नहुने भए त्यतिबेला किन चढाइयो ? त्यो हुने यो नहुने भन्ने हुन्छ ?’ डा. थापाले भने । 

    इतिहासविद् ज्ञानमणि नेपालको पुस्तक ‘दर्शन स्पर्शन समीक्षा’मा पनि सुपुष्पदेवले पशुपतिको छानो सुनको बनाएर राखेको उल्लेख छ । कूलचन्द्र कोइरालाको ‘नेपालका आराध्यदेव भगवान् श्रीपशुपतिनाथ’ नामक कृतिमा पनि यस सम्बन्धमा उल्लेख गरिएको छ । डा. स्वामी प्रपन्नाचार्यको पुस्तक ‘६४ शिवलिंगको विश्लेषणात्मक अनुसन्धान’मा लेखिएको छ, ‘शिवलिंग दुई प्रकारका हुन्छन्, प्राकृत र कृत ।’

    मानवले निर्माण र प्राणप्रतिष्ठान गरी पूजन गरेको लिंग कृत हो भने प्रकृतिको गर्भभित्र भएका ढुंगाको शिवलिंग प्राकृत हो भनिएको छ ।

    शिवलिंगको इतिहासबारे स्कन्द पुराण केदारखण्डको ३१ औं अध्यायमा १४ शिवलिंग पुज्ने गरिएको र तीमध्ये नौ नम्बरमा स्वर्णलिंग शब्द लेखिएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २५ २०८३१०:४३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend