आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पशुपतिनाथ क्षेत्र क्रिस्चियनको कब्जामा ? सर्वाेच्चको आदेशको उल्लंघन

पशुपतिनाथ क्षेत्र क्रिस्चियनको कब्जामा ? सर्वाेच्चको आदेशको उल्लंघन

  • मिडिया डबली
  • आइतवार, चैत्र २९ २०७७

  • 4.7K
    SHARES

  • पशुपतिनाथ क्षेत्र क्रिस्चियनको कब्जामा ? सर्वाेच्चको आदेशको उल्लंघन

    काठमाडौं – सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रमा इसाइ (क्रिस्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ ।

    सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासंघ नेपालले गम्भीर आपत्ति जनाएको छ ।

    क्रिस्चियन धर्मावलम्बीको काम गैरकानूनी र अवाञ्छित भएको महासंघका महासचिव अभिषेक जोशीले आईतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    सर्वोच्च अदालतको विक्रम संवत् २०६८ जेठ १ गतेको परमादेश अनुसार पशुपतिनाथको वन क्षेत्रमा क्रिस्चियन धर्मावलम्बीलाई शव गाड्न निषेध गरिएको भएपनि क्रिस्चियनले अवैध रूपमा पशुपतिनाथ क्षेत्र कब्जा गर्न थालेका छन् । 

    महासंघले चैत २६ गते श्लेषमान्तक वन निरीक्षण गर्दा इसाइ धर्मावलम्बीद्वारा निर्माण गरिएका नयाँ पक्की चिहान फेला परेको महासचिव जोशीले जानकारी दिए । यसबारे सरोकार भएका निकायको ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ ।

    सर्वोच्च अदालतको आदेश, पशुपति क्षेत्र विकास कोष ऐन २०४४ तथा नेपालको संविधानको उल्लंघन भइरहँदा पशुपति क्षेत्र विकास कोषलाई त्यस्ता गतिविधिबारे जानकारी छ/छैन भनी महासचिव जोशीले प्रश्न गरेका छन् ।

    श्लेषमान्तक वनको संरक्षण, संवद्र्धन तथा सरसफाई पनि हुन नसकेको निरीक्षणका क्रममा देखिएको जोशीले बताए । वनमा खुलेआम दिसापिसाब, अनैतिक क्रियाकलाप, प्लाष्टिकजन्य फोहर, बेवारिसे शव, रक्सीका बोतल फेला परेका छन् । पशुपतिनाथ जस्तो धार्मिकस्थल सबै प्रकारले सुरक्षित, मर्यादित र सफासुग्घर हुनुपर्ने महासंघको माग रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २५ २०८३१०:४३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend