काठमाडौं – पशुपतिनाथ मन्दिरमा विशेष पूजा सुरू हुने भएको छ ।
कोरोना संक्रमणको जोखिम बढेपछि गत वर्ष चैत पहिलो हप्तादेखि बन्द भएको विशेष पूजा फागुन २५ गतेदेखि पुनः खुल्ने भएको हो ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको समय पारेर विशेष पूजा खुलाउन लागेको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार फागुन २५ गतेदेखि १ हजार १ सयदेखि २७ हजार रुपैयाँसम्मका विभिन्न किसिमका विशेष पूजा गर्न पाइने छ ।
फागुन २७ गते पर्ने शिवरात्रिका दिन भने ५ हजार १ सय र ११ हजारका २ किसिमका मात्र विशेष पूजा हुने उनले बताए । ५ हजार १ सयको पूजामा २ जना र ११ हजारको पूजामा ४ जना सहभागी हुन पाइने छ ।
केही दिनअघि मात्रै पशुपतिनाथ मन्दिरमा १०८ किलोग्राम सुनको जलहरी राखिएसँगै अघिल्लो वर्षको शिवरात्रीको तुलनामा यसपटक दर्शन गर्न आउने भक्तजनको संख्यामा उल्लेख्य बढोत्तरी हुने कोषाध्यक्ष डा. थापाले बताए ।
फागुन २५ गतेदेखि पशुपतिनाथसँगै रहेको वासुकि मन्दिर पनि खुल्ने भएको छ ।
आव २०७५/७६ मा विशेष पूजाबाट ९ करोड ४० लाख ९३ हजार १४७ रुपैयाँ उठेको थियो भने आव २०७६/७७ मा ६ करोड १ लाख ८९ हजार ४७५ रुपैयाँ उठेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।