आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सैनामैना दुधराक्ष कपमा गण्डकी तेस्रो

सैनामैना दुधराक्ष कपमा गण्डकी तेस्रो

  • मिडिया डबली डेक्स
  • शुक्रवार, फाल्गुण २ २०८१

  • 729
    SHARES

  • सैनामैना दुधराक्ष कपमा गण्डकी तेस्रो

    सैनामैना । गण्डकी प्रदेश भलिबल क्लब सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।

    शुक्रबार तृतिय र सान्त्वना स्थानका लागि भएको प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै गण्डकी तेस्रो भएको हो । गण्डकीले मणिमुकुन्दलाई ३-२ को सेटमा हराएको थियो ।

    पहिलो र दोस्रो सेट जितेको मणिमुकुन्दले बाँकी तीन सेट गुमाएको हो । मणिमुकुन्दले पहिलो सेट २५-२३ तथा दोस्रो सेट २६-२४ ले जितेको थियो ।

    खेलमा तेस्रो सेट २५-२२, चौँथो सेट २५-२० तथा अन्तिम सेट १५-११ ले गण्डकी प्रदेशले जितेको हो ।

    जितसँगै गण्डकीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना भएको मणिमुकुन्दले ५५ हजार ५ सय ५५ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    प्रतियोगिताको फाईनल खेल शनिबार (भोलि) दुई विभागिय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस बीच हुने आयोजक दुधराक्ष युवा क्लबले जनाएको छ । प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण ३ २०८१०७:४६:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend