आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सैनामैना दुधराक्ष कपमा आज दुई खेल हुँदै

सैनामैना दुधराक्ष कपमा आज दुई खेल हुँदै

  • मिडिया डबली डेक्स
  • आइतवार, माघ २७ २०८१

  • 471
    SHARES

  • सैनामैना दुधराक्ष कपमा आज दुई खेल हुँदै

    सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिन आज दुई खेल हुँदै छन् ।

    दुधराक्ष युवा क्लबको आयोजनामा माघ २५ गतेबाट सुरु भएको प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा आज कोशी प्रदेश भलिबल क्लबले गल्कोट भलिबल क्लबसँग तथा दोस्रो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबसँग खेल्ने भएको हो ।

    कोशी र गल्कोटबीचको पहिलो खेल बिहान ११ बजे सैनामैना ६ कलौनी चोक स्थित वडा कार्यालयको खेल मैदानमा हुनेछ । त्यस्तै एपीएफ र नेपाल पुलिसबीचको खेल दिउँसो १ बजे हुने दुधराक्ष युवा क्लबका सल्लाहकार तथा प्रतियोगिता संयोजक राजकुमार चौधरीले जानकारी दिनुभयो । 

    हिजो भएको खेलमा मणिमुकुन्द भलिबल क्लबले गल्कोट भलिबल क्लबलाई ३-१ को सेटमा हराएको थियो । त्यस्तै २५ गते सम्पन्न पहिलो खेलमा कोशी प्रदेश भलिबल क्लब मणिमुकुन्दसँग ३-० को सोझो सेटमा पराजित भएको हो । 

    कोशी र गल्कोटले आज आफ्नो दोस्रो खेल खेल्दैछन । भने दुई विभागीय टोली एपीएफ र पुलिस आफ्नो पहिलो खेल खेल्दैछन् । चारवटै टोली प्रतियोगितामा पहिलो जित दर्ता गर्ने उद्देश्यका साथ मैदान उत्रने छन् । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण ३ २०८१०७:४६:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend