आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

दुई खेल जितेको मणिमुकुन्द गण्डकीसँग खेल्दै

दुई खेल जितेको मणिमुकुन्द गण्डकीसँग खेल्दै

  • मिडिया डबली डेक्स
  • मंगलवार, माघ २९ २०८१

  • 852
    SHARES

  • दुई खेल जितेको मणिमुकुन्द गण्डकीसँग खेल्दै

    सैनामैना । रुपन्देहीको सैनामैना ६ कलौनीमा जारी सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको पाँचौ दिन आज एक खेल हुँदै छ ।

    दिउँसो १ बजे हुने खेलमा दुई खेल जितिसकेको मणिमुकुन्द भलिबल क्लबले गण्डकी प्रदेश भलिबल क्लबसँग खेल्ने आयोजक दुधराक्ष युवा क्लबले जानकारी दिएको छ ।

    गण्डकीको यो दोस्रो खेल हो । हिजो भएको आफ्नो पहिलो खेलमा गण्डकीले कोशी प्रदेश भलिबल क्लबलाई ३-१ को सेटमा हराएको थियो ।

    त्यस्तै, तेस्रो खेल खेल्न लागेको मणिमुकुन्दले पहिलो खेलमा कोशी प्रदेश भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो भने दोस्रो खेलमा गल्कोट भलिबल क्लबलाई ३–१ को सेट अन्तरले हराएको हो ।

    माघ २५ गतेदेखि सञ्चालन भएको प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

    विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण ३ २०८१०७:४६:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend