सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आज चौँथो दिन दुई खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा गण्डकी प्रदेश भलिबल क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब (एनपीसी)ले जित हात पारेका छन् ।
समुह चरणको पहिलो खेल खेलेको गण्डकीले कोशी प्रदेश भलिबल क्लबलाई ३-१ को सेटमा हराउँदै जित निकालेको हो । गाण्डकीले पहिलो सेटमा २६-२४ ले हारेपनि दोस्रो सेटमा कोशीलाई २५-२१, तेस्रो सेटमा २५-१६ तथा चौँथोे सेटमा २५-१४ ले हराउँदै खेलमा पुनरागमन गरेको थियो ।
यो हारसँगै तीन खेलमा हार ब्यहोरेको कोशी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । कोशी प्रतियोगिताको उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लबसँग ३-०को सेझो सेटमा हारेको थियो भने दोस्रो खेलमा आईतबार (हिजो) गल्कोट भलिबल क्लबसँग ३-१ को सेट अन्तरमा पराजित भएको थियो ।
प्रतियोगिताबाट बाहिरिएको कोशीलाई आयोजक दुधराक्ष युवा क्लबले मायाको चिनो प्रदान गरि आजै बिदाई समेत गरेको छ ।
यता, आजै भएको दोस्रो खेलमा त्रिभुवन आर्मीलाई हराउँदै नेपाल पुलिस क्लबले प्रतियोगितामा दोस्रो जित हात पारेको छ । हिजो अर्को विभागीय टोली एपिएफलाई हराएको पुलिसले आज दोस्रो जित निकालेको हो ।
आर्मीलाई पुलिसले ३-१ को सेटमा हरायो । पहिलो सेट २५-१५ ले जिते पनि निरन्तरता दिन नसक्दा आर्मीले दोस्रो सेट २५-२३, तेस्रो सेट २५-१९ र चौँथो सेट २५-२० ले गुमायो ।
प्रतियोगितामा भोलि एक खेलमात्र हुँदै छ । भोल १ बजे हुने खेलमा मणिमुकुन्द र गण्डकी प्रदेश खेल्नेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।