काठमाण्डाै । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.४५ अङ्कले घटेर २ हजार ७ सय ११.४५ विन्दुमा झरेको छ ।
आज फाइनान्स, जलविद्युत्, म्युचल फन्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर ५.६७ प्रतिशतले उकालो लागेको छ ।
आज सामुदायिक लघुवित्त र कर्पाेरेट विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज कारोबार रकम सामान्य बढेको छ । हिजो ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका १ करोड ९१ लाख कित्ता शेयर ८ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।