आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ १९ २०८१

  • 1.0K
    SHARES

  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको भाउ बढाएको छ ।

    गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको दुई रुपैयाँ, डिजेल र मट्टीतेलको चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ लिटरको छ रुपैयाँ र बाह्यतर्फ काठमाण्डौको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढेको हो ।

    निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

    पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको १५७ रूपैयाँ ५० पैसा पर्नेछ ।

    दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६६ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको १५९ रूपैयाँ पर्नेछ ।

    तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ तथा डिजेल र मट्टीतेलको १६० रूपैयाँ पर्नेछ ।

    यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्याँसको भाउ भने यथावत राखेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८१०५:४२:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend