आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पेट्रोलियम पदार्थ अन्वेषण गर्दा ग्यास भेटियो

पेट्रोलियम पदार्थ अन्वेषण गर्दा ग्यास भेटियो

  • मिडिया डबली डेक्स
  • आइतवार, पौष २१ २०८१

  • 1.3K
    SHARES

  • पेट्रोलियम पदार्थ अन्वेषण गर्दा  ग्यास भेटियो

    सुर्खेत ।  दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्दा ग्यास फेला परेको छ।  दैलेखको भैरवी गाउँपालिका-१ स्थित जलजलेमा ४ हजार १३ मिटर गहिराइसम्म ड्रिल गर्दा ग्यास भण्डार रहेको सङ्केत देखिएको हो।

    शनिवार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङ सकिएको छ। ड्रिलिङपछि त्यहाँ भेटिएका पेट्रोलियम पदार्थको नमुना निकालिएको छ।  ग्यास भण्डार रहेको संकेत भेटिएपछि अब त्यहाँ कति परिमाणमा ग्यास छ र त्यसबाट आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ भनेर खानी तथा भूगर्भ विभागले अनुसन्धान भइरहेको जनाएको छ।

    गत वैशाख २३ गते विभागले अन्तिम चरणको ड्रिलिङ शुरु गरेको थियो। मेसिनले खनेर पेट्रोलियम पदार्थ भए/नभएको पत्ता लगाएको हो। 

    ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास नै भएको पत्ता लागेको पेट्रोलियम पदार्थ आयोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट सुरेश श्रेष्ठले बताए। उनले ड्रिलिङ शनिवार सकिएको बताए। ड्रिलिङपछि नमुना निकालिएको र उक्त नमुना नमुना परीक्षणका लागि चीनको प्रयोगशालामा पठाइएको छ।

    पेट्रोलियम पदार्थ हुनसक्ने भन्दै चीनको जिओलोजिकल सर्भे कम्पनीले भौगर्भिक अध्ययन गरेको परियोजनामा सीएनपिसी इन्जिनियरिङले उत्खनन थालेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १९ २०८१०७:१७:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend