बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

डिजेल र पेट्रोलमा १०–१० रुपैयाँ मूल्य घट्दै

डिजेल र पेट्रोलमा १०–१० रुपैयाँ मूल्य घट्दै

  • मिडिया डबली
  • बुधवार, जेठ १८ २०७९

  • 4.4K
    SHARES

  • डिजेल र पेट्रोलमा १०–१० रुपैयाँ मूल्य घट्दै

    काठमाडौं - पेट्रोलियम पदार्थमा पूर्वाधार शीर्षकमा १० रुपैयाँ पूर्वाधार कर लाग्दै आएको छ। अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।

    अर्थले उद्योग मन्त्रालयलाई निर्देशन दिएपछि त्यसमध्ये १० रूपैयाँ घट्न सक्ने देखिएको छ। अहिलेकै खरिद मूल्यअनुसार हो भने पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७० ररुपैयाँ हुन्छ।

    नेपाल आयल निगमले पेस गरेको पछिल्लो विवरणअनुसार भारतबाट पेट्रोलको खरिद मूल्य प्रतिलिटर एक सय १७ रुपैयाँ १८ पैसा छ। सवारी भन्सार करका रूपमा २५ रूपैयाँ २३ पैसा लाग्छ। यस्तै सडक मर्मतसम्भार शुल्क चार रूपैयाँ लाग्छ।

    प्रदूषण कर एक रूपैयाँ ५० पैसा लाग्ने गरेको छ। पूर्वाधार कर १० रूपैयाँ लाग्दै आएको छ। मूल्यअभिवृद्धि कर २० रूपैयाँ ७१ पैसा लाग्ने गरेको छ।

    मूल्य स्थिरिकरणको शुल्कअन्तर्गत एक रूपैयाँ ८० पैसा लाग्दै आएको छ।यसरी अहिले सरकारलाई ६३ रूपैयाँ २३ पैसा कर गइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १९ २०८१०७:१७:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend