काठमाण्डाै । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १०.६६ अङ्कले घटेर २ हजार ६३३.२७ विन्दुमा झरेको छ ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर झन्डै साढे ३ प्रतिशतले उकालो लागेको छ ।
आज सप्तकोशी विकास बैंकको शेयर झन्डै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब १२ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका १ करोड ७२ लाख कित्ता शेयर ८ अर्ब ९२ करोड रुपैयाँमा किनबेच भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।