आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

हप्ताको पहिलो कारोबार दिन नै घट्यो शेयर बजार

हप्ताको पहिलो कारोबार दिन नै घट्यो शेयर बजार

  • मिडिया डबली डेक्स
  • आइतवार, माघ १३ २०८१

  • 720
    SHARES

  • हप्ताको पहिलो कारोबार दिन नै घट्यो शेयर बजार

    काठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १०.४१ अंकले घटेर २ हजार ६४३.९३ विन्दुमा झरेको छ ।

    आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर ४.७६ प्रतिशतले ओरालो लागेको छ ।

    आज बोटलर्स नेपाल (बालाजु), एनआईसी एशिया डिबेन्चर २०८२/८३, दोल्ती पावर कम्पनी र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त र माथिल्लो मैलुन खोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ७ अर्ब ८५ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ५७ लाख कित्ता शेयर ९ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८१०४:०८:३३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend