आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रचण्ड समाजमा अराजकता फैलाउन उद्धत रहेको आरोप

प्रचण्ड समाजमा अराजकता फैलाउन उद्धत रहेको आरोप

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ १२ २०८१

  • 1.2K
    SHARES

  • प्रचण्ड समाजमा अराजकता फैलाउन उद्धत रहेको आरोप

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गुमाएको छटपटीमा बर्बराउँदै हिँडेको टिप्पणी गरेका छन्।

    राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले प्रचण्ड समाजमा अराजकता फैलाउन उद्धत रहेको आरोप लगाए।

    ‘प्रचण्ड सत्ता गुमाएपछि विचलित भएर समाजमा अराजकता फर्काउन सकिन्छ कि भनेर एमाले विरुद्ध बर्बराउँदै हिँडेका छन्।’ उनले भने।

    कांग्रेस एमाले मिल्नु अप्राकृतिक भनिएको तर्फ लक्षित गर्दै महासचिव पोखरेलले जनताले नपत्याएका दल शासनको शीर्ष स्थानमा रहने कुरा प्राकृतिक हो त ? भनेर प्रश्न गरे।

    ‘२ सय ७५ सिटको संसदमा ३२ सिटको माओवादी सत्तामा हुँदा प्राकृतिक हुने अनि सर्वाधिक र लोकप्रिय मत पाउने दलहरू मिलेर सरकार चलाउने कुरा चाहिँ अप्राकृतिक हुन्छ?’ पोखरेलले भने, ‘ठूला पार्टीका सहारामा चुनाव जित्ने र सरकारमा बसेर तिनैमाथि शासन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।’

    उनले कांग्रेस एमाले सधैंका लागि मिलेको नभइ अस्थिरता सिर्जना गर्नेहरूलाई अब संभव छैन भन्ने सन्देश दिन एक ठाउँमा आएको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend