काठमाण्डाै । लगातार ४ दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.१० अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा झरेको छ ।
आज विकास बैंक र उत्पादन बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर सबैभन्दा धेरै झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ ।
आज सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सामुदायिक लघुवित्त, कर्पाेरेट विकास बैंक र सिकलेस हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ५१ लाख कित्ता शेयर ७ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।