काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता हटाउनका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन्। ज्यापु संस्कृति विकास कोषद्धारा वसन्तपुरमा आयोजित २१औं राष्ट्रिय ज्यापु दिवस समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दलमाथि अनावश्यक भ्रम फैलाएर बदाम गर्ने कोसिस भएकाले दुई ठुला दलहरुको सहकार्यमा वर्तमान सरकर वनेको बताएका छन्।
वर्तमान गठवन्धन सरकार राजनीतिक स्थिरता ल्याउनका साथै मुलुकको आर्थिक विकासलाई तिव्रता दिनका लागि गठन भएको प्रधानमन्त्रीले बताए। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड), दुर्गा प्रसाईं लगायतप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एकता भत्काउने र साम्प्रदायिक विद्धेष फैलाउनेको पछाडी नलाग्न आग्रह गरे।
'नेपाल भाँड्नका लागि र हाम्रो एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेका छन् तर हामी साम्प्रदायिक विद्वेषका पछाडि होइन, सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहन्छौँ । यो जातलाई खेद, अर्को जातलाई खेद भन्दैनौँ । बैंकको ऋण नतिर भन्दैनौँ । नयाँ नेपाल निर्माणको महान अभियानमा हामी छौँ । नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्नेछौँ', प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्री ओलीले अहिले आफूहरुले जे दुःख भोगेका छौँ त्यस्ता दुःखः हाम्रा छोरानातिहरुले दुःख भोग्नु नपरोस् भनेर सरकारले गम्भीरताका साथ काम गरिरहेको जनाउँदै सबै जाति, भाषी, आस्था र विश्वासका मानिस एकजुट भएर समाजलाई सभ्य र एकताबद्ध बनाउन आवश्यक रहेको बताए ।
सामाजिक सञ्जालमा सुन्न र हेर्न नसकिने भाषा होइन, सभ्य र सुसंस्कृत हुँदै आत्मीयता र भ्रातृत्वका साथ नेपाल र नेपालीको एकता बचाउन पनि उनको आग्रह छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।