काठमाडौं- हाल नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुसँग नयाँ समीकरण बनाएर सरकार गठन गरेका छन्।
प्रतिनिधि सभाबाट हतारोमा विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्ड र सत्ताको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भने चर्को आलोचना भइरहेको छ। आफैं विवादित पात्रलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको भन्दै ओली र प्रचण्डको आलोचना भएको हो।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रचण्ड र ओली दुबै अवसरवादी भएको उल्लेख गर्दै सहकारी ठगीको आरोप लागेको मानिस छानबिनको दायरामा हुनुको साटो गृह मन्त्रालयको आसनमा रहेर शासन गरिरहेको बताएका हुन्।
उनले भने, 'जसलाई सहकारी ठगीको आरोप लागेको छ। त्यो व्यक्ति त छानबिनको दायरामा हुनुपर्ने होइन र? अब ओली र प्रचण्डले आफ्नो सत्ता स्वार्थका लागि आरोपित व्यक्तिलाई छानबिन गर्ने निकायको प्रमुख बनाएर पठाएको छ। अब कसले गर्छ छानबिन। यसरी अपराध गर्नेहरुलाई जोगाउने काममा अहिलेको सरकार र गठबन्धन लागेको छ।'
त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकै अवसरवादी भएकोसमेत उनले बताएका छन्। उनले भने, 'छिमेकीको नाकाबन्दीपछि बनेको सरकारमा आफू सामेल भएको उल्लेख गर्दै भने, 'त्यो सरकारमा सहभागी त भइयो, तर जे पनि चुनावका लागि मात्रै गर्ने र सत्तामा मात्रै पुग्ने प्रवृत्तिले मलाई त्यहाँ निसासिएको महसुस भयो।'
चुनावकेन्द्रित राजनीति मात्रै गर्ने र सत्तामा पुगेर देश र जनताको हित बिर्सिने प्रचण्ड र ओलीको स्वभावले प्रजातन्त्र बलियो हुन नसक्नेसमेत उनले बताएका छन्। चुनावमा खर्च भएको पैसा असुल्न सत्तामा जाने गरेको उल्लेख गर्दै प्रचण्ड र ओलीको कडा रुपमा निन्दासमेत गरेका छन्।
जनमोर्च अध्यक्ष केसीले प्रधानमन्त्रीले जित हासिल गरेको भन्ने कुरामा नै आशंका भएको उल्लेख गर्दै कांग्रेसले मत हालेर जिताएको मान्छेले आज कांग्रेसलाई ने धोका दिएको भन्दै प्रधानमन्त्री प्रचण्ड अवसरवादी भएकोभन्दै विरोधसमेत गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।