आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

अध्यक्ष ओलीको व्यंग्य : सत्ता छुटेको पीडामा कांग्रेस छाती पिटेर रुँदैछ

अध्यक्ष ओलीको व्यंग्य : सत्ता छुटेको पीडामा कांग्रेस छाती पिटेर रुँदैछ

  • मिडिया डबली
  • मंगलवार, चैत्र ६ २०८०

  • 1.7K
    SHARES

  • अध्यक्ष ओलीको व्यंग्य : सत्ता छुटेको पीडामा कांग्रेस छाती पिटेर रुँदैछ

    धनगढी, ६ चैत -  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको बताएका छन् । 

    प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘रवि लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफुतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ।’ 

    आफू प्रधानमन्त्री भएको बेला शेरबहादुर तामाङ र गोकुल बास्कोटाको प्रसङ्ग थप्दै उनले भने,  ‘मैले बोलाई चिप्लेकै कारण शेरबहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन । नेपाली काँग्रेसका मन्त्री त झण्डा हल्लाउदै अख्तियार गएका थिए, सबैले देखेको होईन, अनि अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने ?’

    उनले का‌ंग्रेसले सरकार छोडनुपरेको पिडामा छाती पिटिरहेको ब्यंग्यसमेत गरे ।  ‘काँग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पीडा हो । उसले सरकारबाट बाहिरिएको पिडामा छाति पिटेर रुदै के भन्छ ? त्यसलाई धेरै महत्व दिईराख्नुपर्ने आवश्यकता छैन,’ अध्यक्ष ओलीले भने ।

    उनले सुनकाण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरुले राखेका जिज्ञासामा कानूनअनुसार हूने बताए । ’‘सोमबार माओवादीका नेता पक्राउ परेका होईनन । माओवादीका नेता पक्राउ पर्दैनन तर अनुसन्धानभीत्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन,’ अध्यक्ष ओलीले भने ।

    अध्यक्ष ओलीले  नेकपा एमालेले सुनकाण्डका बारेमा आयोग वा छानविन समिति गठन हुनुपर्छ भनेर पहिला नै राखेको अडान अहिले पुस्टि भएको बताए । ‘त्यतीबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौ, तर काँग्रेसले २ महिला ढिलो गरिदियो’अध्यक्ष ओलीले भने ।

    एक अर्को प्रसङ्गमा ओलीले अबको बाँकी कार्यकाल प्रचण्डनै प्रधानमन्त्री हुने संकेत गरे । पत्रकारहरुको जिज्ञासामा ओलीले भन्नुभयो, ‘मलाई अहिले प्रधानमन्त्री खान मन छैन, अरु कोई तयार भएको छैन । उहाँले (प्रचण्ड)ले नै खानुहोला जस्तो पो देखिएको छ त।’

    नयाँ गठबन्धनलाई बाग्मती, गण्डकी र कोशीमा प्रदेश सरकार गठन गर्न असहज भएको छ ।

    प्रदेशको भागबण्डा र यी तीन प्रदेशको समिकरण बारे पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा ओलीले भने, ‘अहिले त्यस बारेमा म केही नभनौं । किनकि मैले पत्रकारलाई भएको कुरा भन्नुपर्छ । अनुमानका भरमा भन्नुहुँदैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend