बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

को–को बन्दैछन् मन्त्री ? शपथ आजै अपराह्न ५ बजे गर्ने तयारी

को–को बन्दैछन् मन्त्री ? शपथ आजै अपराह्न ५ बजे गर्ने तयारी

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २३ २०८०

  • 2.7K
    SHARES

  • को–को बन्दैछन् मन्त्री ? शपथ आजै अपराह्न ५ बजे गर्ने तयारी

    काठमाडौँ - प्रमुख तीन दलले मन्त्रालय र जिम्मेवारी बाँडफाँट लगभग टुंग्याएका छन् । जसअनुसार नेकपा एमालेबाट रघुवीर महासेठले भौतिक तथा पुर्वाधार मन्त्रालयसहित सरकारमा सहभागी हुने भएका छन् भने नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ दोहोरिन पुगेका छन् ।

    परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित जान लागेका श्रेष्ठसँगै वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी दिने बुझिएको छ । सरकारमा नारायणकाजीसहित तीन जना मन्त्री दोहोरिने भएका छन् ।

    यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने मौका पाएका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित रवि लामिछानेले गृहमन्त्रीको जिम्मेवारी लिने भएका छन् भने शिक्षा मन्त्रालयको जिम्मेवारीमा सुहाना श्रेष्ठ तथा श्रम मन्त्रालयको जिम्मेवारीमा डीपी अर्याल, युवा तथा खेलकुदको जिम्मेवारीमा विराजभक्त श्रेष्ठ जाने भएका छन् । यो अनौपचारिक सहमति भए पनि यसले मूर्तता पाउन बाँकी रहेको छ ।

    नयाँ मन्त्रीहरूको शपथ आजै हुने बताइएको छ। गत सोमबार तीन जना मन्त्रीले शपथ लिएका थिए। सत्ता गठबन्धनले मन्त्रालय भागबण्डामा सहमति गरेसँगै मन्त्रीहरूको शपथ गर्न लागिएको छ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नयाँ मन्त्रीहरूको शपथ बुधबार अपराह्न ५ बजे गर्ने तयारी रहेको जानकारी दिएका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend