काठमाडौं - एमाले अध्यक्ष केपी ओली अहिले भि–८ गाडी चढ्छन् । मध्यपहाडी संकल्प यात्रामा रहेका बेला ओलीलाई अमित लामा नाम गरेका एमाले युवाले ओलीलाई दुर्गा प्रसाईसँग गाडी खोसेर ओलीलाई दिएका हुन् ।
लामा युवा संघका उपाध्यक्ष पनि हुन् । उनी पोखराको लेकसाइडमा ट्रेजर डिस्को पनि चलाउँछन् । एमालेमा हुँदै प्रसाईं र डन पृष्ठभूमिका अमितको टोलीले मिलेर कारोबार गरेको बताइन्छ ।
लेनदेनमा कुरा नमिलेपछि अमितले गाडी खोसेर लगेको बुझिएको छ । तर, अहिलेसम्म नामसारी नभएकाले गाडी प्रसाईंकै नाममा छ । न व्यवसाय छ न राज्यलाई कर तिरेको छ, तर त्यति महँगो गाडी दिने अमितको हैसियत के ? भनेर ओलीले समेत प्रश्न नगरी करोडौंको गाडी खुरुक्क लिएर चढेर हिँडेका छन् ।
अनि उनी आफैं सदाचार र आदर्शका भाषण छाँट्छन् । अमितकै नेतृत्वमा प्रसाईंमाथि यल्लो पगोडा होटलमा मोसो छ्यापिएको थियो ।
कुमार घैंटे मारिएका बेला प्रहरीको खेदाइमा परेका लामा पनि समातिएका थिए । प्रहरीको कुटाईबाट बच्न गुहार लगाउने मान्छे अहिले एमालेको ठूलो नेता भएका छन् ।
अमित कांग्रेस नेता गणेश लामाको काकाको छोरा हुन् । युवासंघका धेरैजसो नेताको पृष्ठभूमि आपराधिक देखिन्छ । अपहरण कसुरमा सजाय काटिसकेका, सहकारी ठगीको काण्डमा परेका, कुटपिट, हप्ता असुलीजस्ता अभियोग लागेकाहरू युवा संघको माथिल्लै पदमा छन् ।
युवा संघका उपमहासचिव महेन्द्र गुरुङ सहकारी ठगीको कसुरमा पक्राउ परेर कास्की कारागारमा छन् । उनीमाथि श्रमजीवी नागरिकले खाइ–नखाई जम्मा गरेको १८ करोड रकम डुबाएको आरोप छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।