बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

पशुपति चलाउँदा प्रचण्डलाई अर्को ठुलो धक्का, लक्ष्मीको पद चैट

पशुपति चलाउँदा प्रचण्डलाई अर्को ठुलो धक्का, लक्ष्मीको पद चैट

  • मिडिया डबली
  • सोमवार, माघ ८ २०८०

  • 11.5K
    SHARES

  • पशुपति चलाउँदा प्रचण्डलाई अर्को ठुलो धक्का, लक्ष्मीको पद चैट

    काठमाडौंं - पशुपतिलाई चलाउँदा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक धक्का खाएका छन् ।

    उनको पार्टीका पर्यटनमन्त्री सुदन किराँतीको दबाबमा पशुपति क्षेत्र विकास कोष सञ्चालक समिति बैठकले कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेको थियो ।

    तर पुनको नियुक्ति अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनले कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर गरेको हो ।

    कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।

    अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न भनेपछि उनको नियुक्ति बदर भएको हो । गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए ।

    कार्यकारी निर्देशक नियुक्त हुन चाहिने योग्यता पुनको नभएको भन्दै अदालतमा रिट परेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend