बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

आफूलाई जहाँ पनि ताली मात्र बजाउन लैजाने गरेको भन्दै ओलीसँग ईश्वर आक्रोशित

आफूलाई जहाँ पनि ताली मात्र बजाउन लैजाने गरेको भन्दै ओलीसँग ईश्वर आक्रोशित

  • मिडिया डबली
  • बिहिवार, पौष २६ २०८०

  • 2.5K
    SHARES

  • आफूलाई जहाँ पनि ताली मात्र बजाउन लैजाने गरेको भन्दै ओलीसँग ईश्वर आक्रोशित

    काठमाडौं - यतिबेला प्रमुख प्रतिपक्षी दल एमालेमा वन मेन शो जस्तै केपी ओली सर्वशक्तिमान देखिएका छन् ।

    उनको अगाडि कसैले केही बोल्ने आँटसमेत गर्दैनन् । भुक्तभोगी एमाले नेताहरू ओलीको कार्यशैली हेर्दा शाही कू पछि पूर्वराजा ज्ञानेन्द्र शाह जस्तै उनलाई ‘मौसुफको के छ ?’ भन्नेसम्मको अवस्था आएको गुनासो गर्छन् ।

    पछिल्लो समय एमालेका हरेक बैठकमा उद्घोषण, प्रस्ताव प्रस्तुतीकण, पारित गर्नेदेखि बैठक समापनसम्मको काम ओली एक्लैले गर्छन् । अरुले अन्तिममा ताली बजाइदिने मात्रै हो ।

    एमालेमा नेताहरु पनि त्यसरी नै विकास गरिएका छन्, जसरी लिच्छवीकालमा राजा मानदेवले जिल्ला जिल्लामा सामन्त तोक्थे र ती विस्तारै महासामन्त हुन्थे । यही अवस्था अहिले एमालेमा देखिएको छ ।

    कसैले पनि एमालेको आफ्नो विचार राख्न सक्दैनन् । ओलीसँग अनुमति नलिई पार्टीका धारणा राखेमा त्यसको राजनीति सकियो भन्ने बुझे हुन्छ ।

    एमालेमा ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोरा, शंकर पोखरेल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे जस्ता नेता नभएका होइनन् ।

    तर यी सबै ओलीले बोलेपछि ताली बजाउनेबाहेक अरु कामका लागि देखिएका छैनन् । हालै सम्पन्न एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ यात्रा’ नेताहरूको हैसियत देखियो । ओली दम्पती ‘‘चौतारीमा राजा भेटिए, चौतारीमा रानी भेटिइिन्’ भनेजस्तो गरेर हिँडे । जहाँ–जहाँ गयो, त्यहाँ–त्यहाँ अध्यक्ष ओली एकल वक्ता ।

    पत्नी राधिका साथमा मात्रै हैन, अगाडि नै हुनुपर्ने । सबैले घोप्टिएर नमस्ते गर्नै पर्ने । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसम्मले ‘राधिका आमा’ सँग बस्न नपाउने ।

    उनी पछाडि नै बस्नुपर्ने । आफूलाई झोले जस्तो बनाएको भन्दै पोखरेल अहिले गुनासो गर्दै हिँड्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend